रौशन कुमार चौधरी
रौतहट,१९ कार्तिक । उखुको मूल्य निर्धारण हुन नपाउँदै श्री बाबा बैजुनाथ सुगर केमिकल्स एण्ड मिल्स डुमरियाले चालु आर्थिक वर्षमा उखु सिजन क्रसिङ गर्नका लागि आईतबार डोंग पुजा गरेका छन।
नेपालमा नै पहिलो पटक मिलले यस सिजनको सबभन्दा अगाबै कार्तिक मसान्तमा डोंगा पुजा गर्नु भएको हो । गत वर्षको क्रसिङ सिजन पूरा गरेर बन्द भएको उद्योगको यो वर्ष सञ्चालनका लागि मिल्सको विभिन्न पार्टपुर्जा मर्मत सम्भारको काम सम्पन्न गरी उद्योग चलाउनका लागि सोमबार शुभ मुहुर्त निकालेर पुरोहितद्धारा वैदिक मन्त्र उच्चारण गरी एक समारोहबीच डोंगा पुजा गरेका हुन् ।
कटहरिया नगरपालिकाको वार्ड नं.९ डुमरिया स्थित रहेको श्री बाबा बैजुनाथ सुगर केमिकल्स एण्ड मिल्सले उद्योगको सम्पुर्ण सरसफाई र स्पेयरपार्टसको मर्मत सम्भार पछि र उद्योग सञ्चालन गर्नु अघि मिल्स प्रशासनले सिजनभर राम्रोसंग उद्योग सञ्चालनमा कुनै बाधा अवरोध नहोस् र राम्रोसंग सिजन अवधिभर उद्योग सञ्चालन होस भन्ने उदेश्यले मिल्सलाई पुजा गरिएको मिल्सका संचालक बैजु प्रसाद बाबराले जनाएको थियो ।
किसानबाट खरिद गरिएको उखु पेल्नका लागि सबैभन्दा पहिले राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्छन् । हरेक वर्षझै मिल सञ्चालन गर्नु अघि डाेंगालाई पुजा गर्ने धार्मिक मान्यता रहेको सोही अनुरुप मिल्सका प्रबन्धक निर्देशक अभय प्रकाश जैसवालले डोगा पुजा गरेका थिए । २०७१ सालमा स्थापना भएको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिलल्स मिल्सको निर्माण कार्यहरु पुरा भई २०७५ सालमा संचालनमा आएको थियो ।
बाबा बैजुनाथ सुगर एण्ड केमिलल्स मिल्सको लगानीमा मिल्स स्थापना हुँदा रौतहट लगायत बारा,पर्सा र सर्लाही जिल्लाको उखु किसानहरुबाट उखु किनेर मिल्स क्रसिङ गर्दै आएको छन ।
बिगत ६ सिजन देखि राम्रोसंग क्रसिङ्ग गर्दै आईरहेको बताउनु भयो तर गत बर्ष अन्तिम समयमा गएर मिलको मुख्य टरवाईन फुटेर बिग्रदा मिल घाटामा गएको थियो । तर उक्त टरवाईनलाई चाडैं मर्मत गरि पुन काम संन्चालनमा ल्याएका थिए भने किसानलाई कुनै प्रकारको समस्या हुन नदिएको संचालक बाबराले जानकारी दिनु भएको थियो । गत बर्ष क्रसिङ्ग भएको सम्पुर्ण किसानको रकम समयमा भुक्तानी दिएको समेत बताउनु भएको थियो । रौतहटमा करिब ७ हजार बिघा जमिनमा किसानले उखु खेती गर्दै आईरहेका छन् ।
रौतहटका करिब २ हजार पाँच सय किसान उखु किसान यस मिलसंग आबद्ध रहेका बताउनु भयो । बाबा बैजुनाथ सुगर केमिकल्स एण्ड मिल्सले यो वर्ष करिब १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको चिनी मिलका संचालक बाबराले बताउनु भए । मिल्सको आन्तरिक परीक्षण गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याएको बताउनु भयो । किसानहरुको गुनासोको मध्य नजर गर्दै चिनिमिललाई सञ्चालनमा ल्याएको तर हाल उखुको मुल्य निर्धारण भएको छैन तर चिनी उत्पादक संघ र उखु उत्पादकसँगबीच उखुको दर रेट मिलेर आउदा सो अनुसारको रकम दिने प्रतिबद्धता जनाउनु भएको थियो ।
उखु उत्पादक र चिनी उत्पादकबीच उखुको मूल्य निर्धारण सम्बन्धी कुनै किनारा नलागेका तर हामिले मिललाई सञ्चालनमा ल्याए छौ संन्चालक बाबराले बताए । त्यति मात्र नभएर उखु उत्पादन किसानलाई हौसला प्रदान गर्न बिउ देखि लिएर प्रति बिगहा २० हजार रुपैंया सम्मको कर्जा दिदैं आईरहेको बताउनु भयो । साथसाथै उखु खेति गरेका किसानहरुलाई चाहिने अनुसारको प्राङ्गरिक मल सहित आवश्यकता अनुसारको समाग्री प्रदान गर्दै आईरहेको बताउनु भयो । यस मिलमा करिब पाँच सय कामदारहरु कार्य गर्दै आईरहेका छन ।
यो पटक सरकारले चिनीको बजार मूल्य अनुसार उखुको मूल्य तोक्नुपर्ने किसानहरुको तर्क रहेको छ ।ंजिल्लामा २०४१ सालमा संन्चालनमा आएका श्री राम सुगर मिल्स घाटामा गएको कारण देखाउदैं २०७६ सालमा गोल्छाले बन्द गरेका थिए ।