कार्तिक २०,रौतहट। हिन्दुहरुको महान पर्व लक्ष्मी पूजा एंव छठ पर्वलाई लक्षित गरेर रौतहटका ग्रामीण क्षेत्रमा घर लिपपोत शुरू भएको छ । वर्षायाममा कारण घरका भित्ता छाना तथा झारपात उम्रेर भएका फोहोर सरसफाइमा गाउँलेहरू जुटेका छन् । अहिले घरघरमा लिपपोत गर्न महिलाहरु ब्यस्त बनेका छन ।
लक्ष्मी पूजाका लागि घर आँगन सुन्दर बनाउन मानिसहरू लागेका छन । घरको भित्ता नयाँ निर्माण गरी पहेंलो माटोले लिपपोत गर्न एकाबिहानै गाउँका महिलाहरू लागेका छन् । माटो, गाईवस्तुको गोबर, गहुँ–धानको परालको भूस पानीमा मुछेर घरको भित्ता र सतह लिपपोत गरिरहेको कटहरिया नगरपालिका वडा नम्बर ५ की बबिता देवी पंडित बताउँछिन् ।
घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिने चलन रहेको कटहरिया ५ कि अनिता देवी साहले बताइन् ।
यस वर्षको लक्ष्मी पूजा (दिपावली) कार्तिक २६ गते आईतबार परेको छ भने छठ पर्व मंसिर ३ गते आईतबारको दिन परेको छ । दिपावली आउन अब एक हप्ता बाकीं रहेको छ ।