पवन कुमार उपाध्याय
कार्तिक २९,रौतहट
तिहारको पाँचौं दिन रौतहटका महिलाहरुले धुमधामसंग ‘गोधन’ पर्व मनाइएको थियो । रौतहटमा बुधबार भातृद्वितिया पर्व मनाई रहँदा गोधन पर्व समेत मनाईएको थियो। गोधनमा कुटिएको अन्न भाईलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत छ । महिलाहरु एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै रौतहट सहित मधेसमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई अराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ ।
गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दुर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ । गोवर्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ ।गाई मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्धन पर्वतले गाई पाल्न गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रंगाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने रौतहट समुदायमा जनविश्वास रहेको छ ।
पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, दाम्ला फेर्ने परम्परा समेत रहेको छ ।गोधन पर्वसँगै रौतहटमा आस्थाको माहपर्व छठ पर्वको तयारी समेत सुरु हुन्छ । त्यसतै बुधबार मधेसी समुदायमा तिहारको मुख्य दिन अर्थात् यम द्वितीयाका दिन बुधबार ‘भैयादुज जमाभुर्की’ पुजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाइ चिउरा, भुर्की र मिठाइ खुवाएका छन्।
यस पर्वमा घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जंगलको चित्र बनाएर जंगलमा पाइने कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ। उक्त सिलौटामा चामलको पिठोले नदी बनाई त्यसमा धर्म भाइको मूर्ति बनाएर पूजा गरिन्छ। भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ–आफनो दाजुभाइको सुख, शान्ति, उन्नति, सु–स्वास्थ्य, प्रगति लगायतको कामना गर्ने प्रचलन समेत रहेको छ । पुजा गरिएको चिउरा भुर्कि टाढा रहेको दाजुभाईलाई दिने गछ