सागर संगम ठाकुर
भाद्र २८, गते ।
रौतहटको देवाही गोनाही नगरपालिका–६ स्थित रहेको श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा हरेन्द्र साह कानूको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि आज शुक्रबार भएको निर्वाचनमा हरेन्द्र साह कानू २०१ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका छन । साहका निकटतम प्रतिद्वन्द्वी पपु कुमार यादवले ५१ मतले पराजित भएका छन । यादवका कुल १५० मत प्राप्त गरेका हुन । त्यस्तै साहको प्यानलबाट उम्मेदवारी दिएका हरेन्द्र साह कानू २०१ मत, रीना कुमारी दास २१६ मत किशोरी प्रसाद कुर्मी २१० र नितु कुमारी जयसवाल २१८ मत प्राप्त गरि निर्वाचित भएकि छिन।
पपु कुमार यादवको प्यानलबाट उम्मेदवारी दिएका निकटतम प्रतिद्वन्द्वी पपु कुमार यादव १५०, समिता कुमारी कुशवाहा १६० काजल कुमारी झा १६१ र बिनोद कुमार यादव (सुनील) १४० मत तथा स्वतंत्र उम्मेदवार राकेश ठाकुर लोहारले मात्र ३७ मत ल्याएर पराजित भएका छन् । पपू यादवले १५० मत प्राप्त गर्दा हरेन्द्र साहले उनी भन्दा ५१ मत बढी हासिल गरि जित हात पार्न सफल भएका छन । श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको व्यवस्थापन समितीको नयाँ नेतृत्व चएनका लागि आज शुक्रबार बिहान ८ ः३० बजेदेखी मतदान कार्य सुरु भई ४ बजे सम्पन्न भएको थियो भने मतगणना कार्य साँझ ४ः३० बजेदेखि सुरु गरिएको थियो ।
.अन्तिम मत परिणाम राती नै सार्वजनिक भएको थियो । निर्वाचनमा हरेन्द्र साह र पपु यादव पक्षबिच निकै कडा प्रतिस्पर्धा भएको थियो । तर ठुलो मतान्तरले जित हात पारेका छन । निर्वाचनबाट चार जना सदस्य चुनिएको छ । यी चारजना बाट नै कोहि एकजना अध्यक्ष बन्ने मतदान अधिकृत जिल्ला शिक्षा समन्वय समिति रौतहटको वि. नि. उपेन्द्र सिंहले जानकारी दिनु भएको छ।