रमेश कुमार यादब
भदौं २८, रौतहट
बृन्दावन नगरपालिकाको वार्ड नं. ३ रामपुर टोलमा रहेको स्वास्थ्य चौकी बिश्रामपुरमा गए राति अज्ञात समूहले अस्पतालको मुख्य ढोकामा लगाइएको ताल्चा तोडेर चोरी गरेको घटना सार्वजनिक भएको छ । जनस्वास्थ्य निरीक्षक राजेन्द्र प्रसाद यादवका अनुसार चोरहरूले अस्पतालको मुख्य ढोकामा ताल्चा तोडेर भित्र प्रवेश गरी पाँच प्रकारका औषधि, एक थान नयाँ साइकिल, इन्भर्टरको ब्याटूी, बिपि जाँच्ने सेट लगायतका सामग्रीहरू चोरी गरेका छन् ।
यो घटना अस्पतालको लागि अत्यन्तै दुर्भाग्यपूर्ण र लाजमर्दो भएको छ। अस्पतालजस्तो संवेदनशील ठाउँमा यस प्रकारको चोरी हुनु मानव सेवामा गम्भीर असर पु¥याउने खालको घटनाको रूपमा लिइएको छ। स्थानीय जनताले पनि यस घटनालाई कडा शब्दमा आलोचना गरेका छन्। जनस्वास्थ्य निरीक्षक यादवका अनुसार चोरी भएका औषधिहरू अस्पतालको अत्यावश्यक सेवा दिन प्रयोग हुने खालका थिए, जसले गर्दा सेवा प्रवाहमा अवरोध हुने सम्भावना रहेको छ ।
बिपी जाँच सेट जस्ता उपकरणहरूको चोरीले बिरामीको उपचारमा कठिनाइ हुने भएकोले यसप्रति शीघ्र ध्यान दिनु पर्ने उनको भनाइ छ।नगर प्रमुख बिनोद प्रसाद कुर्मीले यस घटनाको तीव्र आलोचना गर्दै यथाशीघ्र चोरहरूको पहिचान गरी कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएका छन्। उनले अस्पतालजस्ता संवेदनशील ठाउँहरूको सुरक्षा सुनिश्चित गर्न नगरपालिकाले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, वार्ड अध्यक्ष हरि नारायण साहले पनि घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग राखेका छन्। त्यसतै चोरी भएको खबरपछि नगर प्रमुख कुर्मी र वार्ड अध्यक्ष हरि नारायण साहले घटनाको निन्दा गर्दै, यस्तो संवेदनशील ठाउँमा भएको चोरीले स्वास्थ्य चौकीको सुरक्षा व्यवस्थामा ठुलो कमजोरी देखाएको बताएका छन्। उनीहरुले सम्बन्धित निकायलाई यथासक्य चाँडो अनुसन्धान गरेर दोषीलाई पक्राउ गरी कडा सजाय दिन जोडदार माग गरेका छन्।
स्थानीयहरूले यस्तो संवेदनशील स्थानमा भएको चोरीलाई दुर्भाग्यपूर्ण भनेका छन् र यसले स्थानीय स्वास्थ्य सेवामा प्रत्यक्ष असर गर्ने बताएका छन्। यस्ता घटना पुनः नदोहोरोस् भनी सुरक्षा प्रवन्ध कडा बनाउनुपर्ने सुझाव दिइरहेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने, नगरपालिकाले स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवा केन्द्रहरूमा सुरक्षालाई बलियो बनाउनका लागि तुरुन्तै कदम चाल्ने प्रतिबद्धता जनाएको छ।