शरीरमा बग्ने रगत प्लाज्मा, रातो रक्तकोषिका, सेतो रक्तकोषिका र प्लेटलेट मिलेर बनेको हुन्छ । यी विभिन्न तत्त्वको आ–आफ्नै काम हुन्छ । जस्तो रातो रक्तकोषिकामा हेमोग्लोबिन भन्ने प्रोटिन हुन्छ । यसले फोक्सोमा रहेको अक्सिजनलाई शरीरका कोषमा पु¥याउने र कोषबाट हानिकारक कार्बनडाइअक्साइड फिर्ता ल्याउने काम गर्छ ।त्यस्तै, सेतो रक्तकोषले शरीरको प्रतिरक्षा गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउन भूमिका खेल्छ । प्लेटलेट्सले घाउ, चोटपटक लाग्दा बगिरहेको रगत र रक्तस्राव भएमा त्यसलाई जमाएर नियन्त्रण गर्न मद्दत गर्छ ।केही स्वास्थ्य समस्या देखिएको खण्डमा चिकित्सकले रगत जाँच गर्ने सल्लाह दिने गर्छन् । धेरैजसो अवस्थामा डाक्टरहरूले रगत परीक्षण गर्नुअघि बिरामीलाई केही नखान सल्लाह पनि दिन्छन् ।
रगत जाँच गर्नुअघि किन खाली पेट बस्नुपर्छ ?
रगत परीक्षण गराउन अस्पताल जाँदा के गर्ने ? के खाने वा के नखाने भन्ने विषयमा जानकारी नहुँदा धेरै जना अन्योलमा परेको देखिन्छ । सुगर, कोलेस्टेरोल, हार्मोन, भिटामिनको परीक्षण गर्न खाली पेट बस्न अनिवार्य हुन्छ । यस्तोमा आठदेखि १२ घण्टा खाली पेट राखेर रगत परीक्षण गराउनु उपयुक्त हुन्छ ।
खाना खाएपछि रगतमा सुगर र कोलेस्टेरोलको मात्रा बढ्छ । यस्तोमा खाना खाएर रगत जाँच गरियो भने भर्खरै खाएको खानाको कारण बढेको हो वा लामो समयदेखि बढेको हो भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यस्ता जाँचका लागि बिरामीलाई खाली पेट बस्नु भनिएको हो । यीबाहेक अन्य स्वास्थ्य समस्या पत्ता लगाउन रगत जाँच गर्ने हो भने खाली पेट बस्नु जरुरी हुँदैन ।
रगतको कमी हुँदा के कस्ता समस्या देखा पर्छ ?
शरीरमा हेमोग्लोबिनको कमी हुँदारक्तअल्पता हुन्छ । यसले गर्दा कमजोरी महसुस हुने, थकाइ लाग्ने र भ¥याङ चढ्दा वा हिंड्दा स्वाँ–स्वाँ हुनेजस्ता समस्या देखिन्छन् । श्वास फुल्ने, महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने, रगत नपुगेर अनुहार सेतो भएको जस्तो देखिने समस्या देखिन्छ ।जब शरीरमा सेतो रक्तकोषिकाको मात्रा कमी हुन्छ, शरीरको प्रतिरोधात्मक क्षमतामा कमी आउने हुनाले शरीरमा अनेक रोगले संक्रमण गर्न थाल्छ ।
टन्सिलाइटिस, निमोनिया लगायतका विभिन्न संक्रमण हुने गर्छ ।प्लेटलेट्स रगत जमाउने तत्त्व हो । शरीरको कुनै भागमा चोट लागेमा त्यहाँ प्लेटलेट्स एकत्रित हुन पुग्छ र रगत जमाउन मद्दत गर्छ ।
यसको कमीले रगत नजम्ने र त्यसबाट रक्तस्राव भइरहने अवस्था सिर्जना हुन्छ । यस्तोमा ब्रस गर्दा दाँत गिजाबाट रगत बग्ने, साधारण चोटपटकसँगै शरीरमा निलो डाम देखा परिहाल्ने, महिनावारीको समयमा लामो समयसम्म रगत बग्ने समस्या हुन्छ ।रक्तरोगको कुरा गर्दा बिरामीहरूमा रक्त क्यान्सर, एप्लास्टिक एनिमिया, रक्त अल्पता, थालासेमिया र प्लेटलेट्सको कमी हुने जस्ता समस्या पनि रगतमा खराबीका कारण हुन्छन् ।
रगतको जाँचबाट क्यान्सर पत्ता लगाउन सकिन्छ ?
रगतको प्रवाह सम्पूर्ण शरीरमा हुन्छ र शरीरको कुनै पनि अंगमा गडबडी भएमा यसको प्रभाव रगतमा पनि देखिने गर्छ । त्यसैले विभिन्न स्वास्थ्य समस्याबारे थाहा पाउन पनि रगत जाँच गरिन्छ ।
रगतको पूर्ण जाँच (सीबीसी भनिने कम्प्लिट ब्लड काउण्ट) र पेरिफेरल ब्लड स्मेयर भनिने रगतको पृथक जाँचले रक्त क्यान्सर र अन्य क्यान्सर समेत पत्ता लगाउन सकिन्छ ।
यो जाँचद्वारा कलेजो, मुटु र मिर्गौलाको अवस्था पत्ता लगाउन सकिन्छ । यो जाँच गर्न धेरै खर्च पनि लाग्दैन । ५०० रुपैयाँमा हुन्छ र यसको रिपोर्ट पनि १० मिनेटमा आउँछ ।
साथै शरीरको अंग विशेषमा क्यान्सरको शंकासँगै रगतमा ‘ट्युमर मार्कर’ भनिने जाँच गरी क्यान्सर पत्ता लगाउन सकिन्छ । यी ट्युमर मार्करको परीक्षण शुल्क भने अलि महंगो हुन्छ । एउटै जाँचको सात–आठ सयदेखि १० हजार रुपैयाँसम्म पर्न सक्छ ।
रक्तस्वस्थ आहार र स्वस्थ जीवनशैली अपनाएर धेरै गम्भीर रोगको जोखिम कम गर्न सकिन्छ । ब्लड क्यान्सर लगायत विभिन्न रक्तरोगबाट बच्न स्वस्थ जीवनशैली र स्वस्थ खानपान गर्ने बानी बसाल्नुपर्छ । नियमित रूपमा व्यायाम गर्नुपर्छ । नियमित व्यायाम, योग गर्दा शरीरको रक्तप्रवाहमा सुधार हुन्छ ।
धुम्रपान र मदिरा सेवन गर्ने मानिसलाई क्यान्सरजस्ता गम्भीर रोग लाग्ने
खतरा बढी हुन्छ ।त्यसैले ब्लड क्यान्सर जस्ता गम्भीर समस्याबाट बच्न धुम्रपान गर्नु हुँदैन । साथै सुर्तीजन्य पदार्थको सेवनबाट बच्नुपर्छ । अत्यधिक मदिरा सेवनले ब्लड क्यान्सरको खतरा पनि बढाउँछ ।
आफ्नो आहारमा भिटामिन र मिनरल्स लगायतका अत्यावश्यक पोषक तत्त्व समावेश गरेमा रक्त समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
हामीले जुनसुकै प्रकारको खाना खाए पनि त्यसको सिधै प्रभाव शरीरमापरेको हुन्छ ।त्यसैले हामीले जहिले पनि सन्तुलित खानाको सेवन गर्नुपर्छ । फाइबर, ओमेगा–३ फ्याट एसिड, भिटामिन ए, ई र सी जस्तो पोषक तत्त्वको आहार सेवन गर्नाले शरीरको रक्त कोशिकामा भएको विकारलाई निर्मूल पार्छ ।आफ्नो आहारमा हरियो सागपात, सलाद, बेसार, लसुन आदि समावेश गर्नुपर्छ । फाइबरयुक्त फलफूल र तरकारीको सेवनले रगत क्यान्सर र अन्य रगतको समस्याबाट बच्न सकिन्छ ।