विश्वराज अधिकारी । फाल्गुन ०५ गते
शक्तिका लागि अहिले राजनीतिक रङ्गमञ्चम देखिएको उदेक लाग्दो सङ्घर्ष ओली र नेपाल(दहाल पक्षहरू बिच भएको देखिएता पनि सारमा यो सङ्घर्ष केवल ओली र दहाल बिचको व्यक्तित्वको संघर्षको हो। माधव नेपाल केवल पुष्पकमल दहालद्वारा उपयोग गरिएका पात्र मात्र हुन। नेपालको अस्थिर राजनीतिलाई नजिकबाट बुझेका पुष्पकमल दाहालले आफ्नो हितका लागि कुन बेला, कसलाई,कसरी,उपयोग गर्न सकिन्छ भन्ने रणनीति राम्रो गरी बुझेका छन् त्यसैकारण कुनै समय उनको घनिष्ट मानिएका बाबुराम, विप्लब, मोहन बैद्य अहिले उनीदेखि सर्पको शरीरबाट काँचुली छुट्टिएर गएझै छुट्टिएका छन। बरू कुनै बेलाका मौन शत्रु माधव नेपाल अहिले दहाल उर्फ प्रचण्डका घनिष्ट रणनीतिक साझेदार हुन पुगेका छन्। मात्र कुनै एक खास अवस्थमा ९ ब कष्तगबतष्यलब िभिबमभचकजष्उ० मा नेता हुन सक्ने गुण राख्ने क्षमता भएका प्रचण्ड यो कारणले गर्दा एक राजनेता हुन नसकेर अवस्था नेता ९कष्तगबतष्यलब िभिबमभच० मा सीमित हुन पुगेका छन। र उनको यो प्रकृतिले गर्दा नै उनले खास खास अवसरको उपयोग गरेर नेता बन्ने प्रयास गर्छन २०५२ सालमा माओबादीले गरेको ९खास अवस्थाद्वारा सृजना भएको० संघर्षको नेतृत्व गरेझै। एमाले भित्रको वर्तमान कलह प्रचण्डको लागि एकप्रभावकारी नेता भन्ने खास औसरको रुपमा देखिएको छ। र यो अवसरको उनी भरपुर उपयोग गर्न चाहन्छ। एक किसिमले दाउमा छन। तर उनको यो दाउले नेपालको राजनीतिलाई ज्यादै अस्थिर पारेको छ, २०५२ सालमा, माओवादी(संघर्ष कालमा, नेपाल ज्यादै अस्थिर भएझै। स्मरण रहोस २०५२ सालमा नेपालको राजनीति यति अस्थिर भएको कि भारतले नेपालको राजनीतिमा खेल्ने औसर पायो( सरकार र माओवादी पक्षमा सम्झौता गराउने भूमिका पायो। वा भूमिका खोज्यो।
प्रचण्ड राजनेता होइनन्। राजनेतालाई शक्ति र सत्ता आवश्यक पर्दैन। राजनेताहरूको राजनीतिक उद्देश्य केवल जनताको सेवा मात्र हुन्छ। र जनताको सेवा गर्नका लागि कुनै ठूलो पदम बस्न आवश्यक छैन, गणेशमान सिंह, महात्मा गाँधी, मदर टेरेसा कुनै ठूलो पदमा नबसेझै। युरोपको धनी देशमा जन्मे हुर्केकी मदर टेरेसाले कोलकाताको दीन दुखी र विशेष गरेर कुष्ठरोगीहरूको सेवामा जीवन बिताएकी थिन। प्रचण्ड जुन ठाउँमा जान्छन त्यहाँ अस्थिरता पैदा गराउँ छन। उनले अन्यौल सृजना गर्ने बलियो क्षमता राख्छन तर राष्ट्रलाई असल नेतृत्व प्रदान गरेर राजनीतिक स्थिरता दिने क्षमता राख्दैनन। प्रचण्डले पहिले पानी ९राजनीति० धमिलो पार्छन अनि माछ ९शक्ति० हात पार्छन। २०५२ सालदेखि प्रचण्डले नेपालको राजनीतिलाई अस्थिर पार्दै आएका छन् केवल आफ्नो हितका लागि, जनताको लागि भने होइन।
प्रम ओलीको कार्य शैली हेर्दा उनमा पनि प्रशासनिक कुसलताको अभाव रहेको प्रष्ट हुन्छ। एक कुसल नेताले समन्वकारी भूमिका पनि निर्वाह गर्नु पर्छ जुन ओलीमा देखिएन। ओलीले सहमति भन्दा पनि बललाई समस्याको समाधानको रुपमा प्रयोग गर्छन।
हुनत २०२४६ सालको राजनीतिक परिवर्तन पछि, एमालेको क्रियाकलाप देशको आर्थिक विकासमा केन्द्रित हुनु भन्दा पनि सत्ता प्राप्ति र सरकार निर्माणमा केन्द्रित रहेको पाइन्छ। एमालेको ‘अर्जुन दृष्टि’ जहिले पनि सत्ता प्राप्ति र सरकार निर्माण रहेको छ। एमालेको त्येही अर्जुन दृष्टिले गर्दा एमाले (माओवादी ९प्रचण्ड समूह०एकीकरण भएको थियो। नेकपा एमाले जहिले पनि जुन हालतमा पनि सत्ता आफ्नो पकडमा राख्न चाहन्छ र केवल आफ्नो दलको सरकार होस भन्ने चाहन्छ। यो उद्देश्यले गर्दा नै कुनै समयमा आफ्नो दलको शत्रुको रुपमा रहेका प्रचण्डसँग साझेदारी गर्न एमालेका नेताहरू प्रचण्डको दैलोमा पुगेका थिए। तर एमाले, अहिलेको नेपका, ले प्रतिपक्षमा बसरे पनि देशको विकासको लागि रचनात्मक कार्य गर्न सक्छ। सत्ता र शक्तिको लागि निरन्तर संघर्ष गर्नु पर्दैन।
अब कुरा गरौ नेपालको वर्तमान अनिश्चित एवं अस्थिर राजनीतिबारे। नेपालको राजनीतिको शूक्ष्म किसिमले विश्लेषण गर्ने हो भने एउटा कुरा प्रष्ट गरि बुझ्न सकिन्छ। त्यो प्रष्ट गरि बुझ्न सकिने कुरा के हो भने नेपालको राजनीतिलाई नेताहरूको व्यक्तित्व(संकटले अस्थिर पार्ने गरेको छ। व्यक्तित्व संकट भनेको नेपालका सबै जसो नेताले आफूलाई म मात्र कुसल नेता हुँ, मैले मात्र देशलाई राम्रो नेतृत्व दिन सक्छु, म शक्तिमा ९प्रधान मंत्री० हुन आवश्यक छ, म जहिले पनि शक्तिसाली रहनु पर्छ, मैले अर्को नेताको कुरा किन सुन्ने, म जहिले पनि राजनीतिक फाइदामा रहनु पर्छ जस्तो सोचाइ राख्नु। नेताहरूको यस्तो सोंचाइले गर्दा नै नेपालको राजनीति निरन्तर अस्थिर रहँदै आएको छ। अन्यथा नेपालमा अन्य मुलुकहरुमा भएझै नत जातीय नत धार्मिक झगडा नै छ, सुडान, सोमालिया, अफगानिस्तान, यमन जस्ता देशहरूमा भएझै। बरू नेपालमा राम्रो जातीय एवं धार्मिक सद्भाव छ। सामान्य नेपाली जनताबीच राम्रो समझदारी छ जुन अन्य मुलुकहरुमा कमै देखिन्छ। नेपालमा समस्या छ भने नेताहरूमा छ, उनीहरूको मनोविज्ञानमा समस्या छ। उनीहरूको सोंचाइमा समस्या छ।
नेताहरूमा यस्तो किसिमको सोंचाइको संस्कृतिले गर्दा नै प्रम ओलीले संसद विघटनको सिफारिस गरेका हुन। माधव नेपाल र पुष्पकमल दहालले ओलीको कदमको विरोध गरेका हुन। यी कुराहरू देशको राजनीतिक विकासको लागि नभएर नेताहरूको व्यक्तित्व संकटले गर्दा भएका हुन्।
यस्तो पनि अनर्थ हुन्छरु आफ्नै दलले, आफ्नो दललको प्रमको कदमको विरोध गर्छ, त्यो पनि सडकमा गएर गर्छरुएउटै दल ९नेकपा० अहिले विभिन्न चिरामा विभाजित छ। यो विभाजनको पछाडि कुनै ठूलो रानीतिक वा संवैधानिक समस्या छैन। न त कुनै ठूलो आर्थिक समस्या नै छ। ससमस्या भनेको नेताहरू बीच व्यक्तित्व संकट हो। नेताहरू बिच व्यक्तित्व संकट नै अहिले नेपालको प्रमुख राजनीति ससस्या हो। नेताहरूको भनाइमा लागेर सकडकमा जाने कार्यकर्ता, भीड ठूलो पार्ने व्यक्तिहरू, जुलुश विशाल ठूलो पार्ने सोझा साझाहरूले यो कुरा राम्रो गरी बुझ्न आवस्यक छ। हामी पनि अचम्मको जनता१ नेताहरूको व्यक्तित्व संकटको लडाइमा सडकमा पुग्ने१ हामी कस्तो१
नेपालको वर्तमान राजनीतिक संकटको समाधानका लागि तिन समाधानहरू अहिले चर्चामा छन्। ती हुन( पहिलोस् प्रतिनिधिसभा पुनस्स्थापना। दोस्रस् निचार्चन। तेस्रोस् तेस्रो जनआन्दोलन।
पहिलो र दोस्रो समाधानबारे सोंच्न सकिएता पनि तेस्रो बारे कल्पनासम्म पनि गर्न गार्यो छ। यो समाधान सुन्दा मात्र पनि डरलाग्दो छ। भयानक छ। यसले जन धनको क्षति मात्र गर्छ समस्याको समाधान दिन सक्तैन। कोरोना(संकटले देशको अर्थव्यवस्था ज्यादै कमजोर भएकोबेला देशभित्र हुने कुनै पनि किसिमको आन्दोलनले देशलाई आर्थिक रुपमा बरबाद मात्र पार्छ। त्यसकारण, देशको आर्थिक विकासको बारेमा गम्भीर भएर सोंच्नुको साटो आन्दोलनबारे सोच्नु घातक हुन पुग्छ।
नेपालको वर्तमान राजनीतिक संकट नेताहरूको व्यक्तित्वको टकराव वा संकटले गर्दा उत्पन्न भएको हो जुन माथि भनिसकियो। यो राजनीति संकटको समाधान वार्ताद्वारा गर्नु पर्छ। निष्पक्ष, कुनै पनि दलको नजिक नभएका व्यक्तिहरूले समन्वयकर्ताको भूमिका खेलेर केपी ओली, माधव नेपाल, पुष्पकमल दहाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता नेताहरू बीच राम्रो समन्वय गराएर यो राजनीतिक संकटको समाधान खोज्नु उचित हुन्छ। अर्थात समन्वयकर्ता ९लभनयतष्बतयचक० हरूले यी झगडिया वा व्यक्तित्वको संकटले ग्रस्त ९चभदभििष्यगक उभचकयलक० व्यक्तिहरू बिच एकटा साझा सहमती गराउनु उचित हुन्छ। अहिले देशको लागि आन्दोलन होइन, समन्वयकारी भूमिका निर्वाह गर्ने मध्यस्थकर्ताहरूको खाँचो छ। समन्वयकर्ताहरूले नेताहरूको यो व्यक्तित्व(संकट समस्याको राम्रो समाधान दिन सक्छन। त्यसकारण नागरिक समाजका अगुवाहरूले अग्रसर हुन आवश्यक छ र उनीहरूले कुसल समन्वयकर्ताको भूमिका निर्वाह गर्न आवश्यक छ। नेताहरूको साझा सहमती अनुसार जुन समाधान उपयुक्त हुन्छ त्येही समाधान द्वारा वर्तमान राजनीतिक समस्याको समाधान खोज्नु पर्छ। अफ्रिकाका विभिन्न देशहरूमा समन्वकर्ताहरूले यस किसिमको समस्यामा आफ्नो समन्वयकारी भूमाकको प्रयोग गरेर समस्याको समाधान दिएको देख्न सकिन्छ।
देशलाई अझै अन्यौलतिर जान नदिन र सिघ्र राजनीतिक स्थिरता प्राप्त गर्दै आर्थिक विकासको पथमा मुलुकलाई दौडाउन समन्वयकर्ताहरूले यी झगडिया नेताहरूको अंहमको व्यवस्थापन गरिदिन आवश्यक। अहिलेका लागि उत्तम विकल्प भनेको नै नेताहरूलाई एक साझा सहमतीमा पुर्याउनु, उनीहरूको अहमको व्यवस्थापन गर्नु। उनीहरू बीच समन्वय गराउनु हो। यो कार्य गर्न नागरिक समाजका निष्पक्ष अगुवाहरू आउन आवश्क छ। उनीहरूले आफ्नो समन्वय गर्ने क्षमताको प्रयो गर्न आवश्यक छ। यो उपाय सम्भव छ। देश र जनताको हितमा छ।
विश्वराज अधिकारी
बपयगतष्थिब२नmबष्।िअयm
त्गभकमबथ, ँभदचगबचथ ज्ञट, द्दण्द्दज्ञ