वर्तमानकाल संवाददाता । रौतहट । फाल्गुन ०६ गते
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र वल नेपाल विओपी रामपुरखापबाट खटिएको टोलीले राडो घडी १४ थान , मोटरसाइकलसहित गौर नगरपालिकाको वडा नम्बर ५ पोखरिया बस्ने बर्ष १८ का निजामुन खानलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । खानले ना ३९ प ६७८३ नम्बरको सुपर स्पेण्डर मोटरसाइकलमा राखी अन्दाजी २४ लाख ६३ हजार ३ सय मुल्य बराबरको राडो घडी र सवारी मोटरसाइकलको अन्दाजी मुल्य ८५ हजार गरि जम्मा २५ लाख ४८ हजार ३ सय बराबरको सामग्री सहित निज खानलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागी भन्सार बुझाउने प्रक्रियामा रहेको प्रहरी जनाएको छ ।