वर्तमानकाल संवाददाता । रौतहट । फागुन ०५ गते
महिला सहयात्रा वित्तीय संस्था लिमिटेड शाखा कटहरियाद्वारा मृतक ऋणीको ऋण चुक्ता पछिको बिमांक रकम हस्तांतरण गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका अन्तर्गत पर्ने कटहरिया बजारमा अवस्थित महिला सहयात्रा वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटहरियाले संचालन गरेका विभिन्न समुहहरु मध्ये बौद्धिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वामा सञ्चालित ५९ नम्बर केन्द्र ९ ब्रह्मबाबा सहयात्रा केन्द्र ० को सदस्य रहेकी मृतक रंजीता कुमारी देवी ऋणीको ऋण चुक्ता गरि बिमांक रकम हस्तांतरण गरेको हो ।
निज ऋणी रंजीता कुमारी देवी २०७६ र माघ र २७ गतेमा महिला सहयात्रा वित्तीय संस्था लिमिटेड शाखा कटहरियाको सदस्य बनी धीतो कर्जा वापत ५ लाख ऋण लिएको थियो । संस्थामा निरन्तर किस्ता चलाइरहेको अवस्थामा बितेको कार्तिक २३ गते निज ऋणी रंजीता कुमारी देवीको करेन्ट लागेर असमायिक निधन भएको थियो ।
संस्थाको नियमानुसार ऋणको बीमा रकम ११ लाख ५० हजार क्षतिपूर्ति वापत निज मृतक रंजिताको श्रीमान ध्रुव नारायण प्रसाद पटेललाई हस्तांतरण गरिएको हो । जसमध्ये ऋण वापतको ५ लाख ५ सय ९३ रुपैया ६० पैसा कट्टा गरि बचत समेतको कुल ६ लाख ५१ हजार ९ सय २८ रूपैया २८ पैसा निज ऋणीको श्रीमान पटेललाई संस्थाका शाखा प्रबन्धक राजेश कुमार सिंहले चेक मार्फत हस्तांतरण गरेका हुन ।
महिला सहयात्रा वित्तीय संस्था कटहरियाद्वारा सञ्चालित बौद्धिमाई नपा २ का केन्द्र प्रमुख पूना देवीको अध्यक्षता तथा बौद्धिमाई नपा २ का वडाअध्यक्ष रामबाबू प्रसाद कुशवाहाको उपस्थितिमा रकम हस्तांतरण गरिएको हो । उक्त अवसरमा शाखा कार्यालयका सहायक संतोष यादव,रूपलाल महतो,संजय कुमार यादव,मदन यादव, समुहका सदस्यहरु नैना देवी,बिन्दु देवी,शान्ति देवी,इन्दु देवी लगायत वडा सदस्य रामाशंकर प्रसाद गुप्ता,नेपाली कांग्रेसका युवा नेता समाजसेवी धर्मेन्द्र प्रसाद पटेल,संचारकर्मी आरएन पटेल र स्थानीय भद्र भलादमीको रोहबरमा निज ऋणीको ऋण चुक्ता भई हर हिसाब फर्छौट गरि सदस्यताबाट हटाइएको समेत निर्णय गरिएको हो ।