गरुडा प्रहरीले हराएको मोटर साइकल धनीलाई लगायो जिम्मा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २६, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
गरुडा प्रहरीले हराएको मोटर साइकल धनीलाई लगायो जिम्मा


आरके श्रीवास्तव । रौतहट । फाल्गुन २६ गते
गरुडा प्रहरीले हराएको मोटर साइकल धनीलाई जिम्मा लगाएको छ । मिति २०७७ फाल्गुन २३ गते राती अन्दाजी २१ः०० बजेको समयमा जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नम्बर ५ बस्ने गणेश प्रसाद जैसवालको छोरा बर्ष ३० को ओम प्रकाश जैसवालको ना ४३ प ८०१९ नं.को १५० सि.सि.को पल्सर मोटर साइकल कटहरिया बजारबाट हराएको थियो । सो बाइकको खोज तलासको लागि खटेको प्रहरी टोलीले जिल्ला रौतहट देवाही गोनाही न.पा.वडा नं.७ उचिडिह स्थितमा वेवारिसे अवस्थामा फेला पारी उक्त मोटर साइकल धनी ओम प्रकाश जैसवाललाई जिम्मा लगाएको इप्रका गरुडाले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस