सखुअवामा जनता आवासको गरियो शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
सखुअवामा जनता आवासको गरियो शिलान्यास


रौशन चौधरी । रौतहट । चैत्र, ०२ गते
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा जनता आवासको सिलान्यास गरिएको छ । प्रदेश सरकारको महत्वपूर्ण योजना जनता आवास अन्तर्गत बन्ने घरहरुको लागि शिलान्यास गरिएको हो । एक कार्यक्रमका बिच आइतवार भूमि ब्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री माननीय योगेन्द्र राय यादव र माधवनारायण नगर प्रमुख बिरेन्द्र यादवले संयूक्त रुपमा शिलान्यास गरेका थिए । सो नगरपालिकाको वडा नम्बर ३ सखुअवामा डोम ,मुशहर समुदायको भवन निर्माण गर्न भूमि पूजन गर्नु गरिएको छ । सो अवसरमा नगर प्रमुख बिरेन्द्र यादव सँगै जसपा नेता शम्भु यादव, वार्ड प्रत्यासी रामबहादुर राय यादव लगायत समाजसेबीहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस