सर्लाहीमा विपदखोज उद्धार प्रतिकार्य अभ्यास प्रशिक्षण प्रदर्शन कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ५, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
सर्लाहीमा विपदखोज उद्धार प्रतिकार्य अभ्यास प्रशिक्षण प्रदर्शन कार्यक्रम सम्पन्न


राजिव शाह । सर्लाही । असार ०५ गते
विगतका वर्षहरूमा मनसुनका कारण बाढी, डुबान जस्ता विपद्का घटनाका कारण हुने गरेको धनजनको क्षतिलाई मध्यनजर गरी यस वर्ष पनि यस किसिमका घटनाहरूबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण “विपद खोज उद्धार र प्रतिकार्य अभ्यास प्रशिक्षण प्रदर्शन कार्यक्रम शनिबार सम्पन्न गरेको छ । विपद खोज उद्धार र प्रतिकार्य अभ्यास प्रशिक्षण प्रदर्शन कार्यक्रम सर्लाही बागमति न।पा। १२ स्थित भरत तालमा सम्पन्न भएको छ ।
शुक्रबार बिपद ब्यबस्थापन तथा पूर्व तयारीको लागि अभ्यास गरिएकोमा शनिबार “विपद खोज उद्धार र प्रतिकार्य अभ्यास प्रशिक्षण प्रदर्शन कार्यक्रम”कार्यक्रम २ नं।प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रि ज्ञानेन्द्र कुमार यादबको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नं। २ प्रदेशको मुख्य सचिब गोकर्ण मणी दवाडि ,जिल्ला समन्वय समितिको सभापति मेथुर चौधरी ,आर्थिक मामिला तथा कानुनमन्त्रालयका सचिव विरेन्द्र यादव ,सर्लाहीका प्र।जि।अ।हेमराज तामाङ्ग, नेपाली सेनाको सहायक रथी शिशिर चन्द्र के।सि।,२ नं।प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रमुख प्र।ना।म।नि धिरज प्रताप सिहं,स।प्र।बलका स।प्र।ना।म।नि। चन्द्र प्रकाश गौतम,२ नं। प्रदेशका सबै जिल्लाका प्र।जि।अ। जसबै जिल्ला सुरक्षा निकायका प्रमुख ,स्थानिय पालिकाका प्रमुखहरु, संचारकर्मी,स्थानीयजनप्रतिनिधीहरु गरी अन्दाजी४५० जना उपस्थितिमाउक्त कार्यक्रमको समुदघाटन भएको थियो । तीन वटै निकायका सुरक्षाकर्मीहरू, रेडक्रसका प्रतिनिधिहरू तथा सम्बन्धित निकायसंग आवश्यक समन्वय गरी एकअर्कामा जानेका सीपकलाको माध्यमबाट यथासक्य चाँडो उद्धार तथा क्षति न्यूनीकरण गर्न संयुक्त रूपमा गरिएको अभ्यासको प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रमा नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको कमाण्डमा ९५ जनाको टोली उक्त अभ्यास कार्यक्रममा सहभागी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस