सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु,दुई जना घाईल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ६, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु,दुई जना घाईल

सप्तरी नवीन यादव । सप्तरी । असार ०६ गते
सप्तरीमे चापाकल जडान गरिरहेका एक जना मिस्त्रीलाई करेन्ट लागेर मृत्यु भएको छ। सप्तरीको रुपनी गाउँपालिका–कटैया गाउँमा चापाकल जडान गरिरहेका सञ्जिब लौगीको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिए ।
शनिबार साँझ सञ्जिब संगै उनका दाजु सुरेन्द्र स्थानीय बचाइ माझीको घरमा चपाकल जडान गरिरहेका थिए । माथिबाट झुण्डिएर गएको बिजुलीको तारमा फलामको पाइप छोइलापछि सञ्जिबलाई करेन्ट लागेर छटपटाउन थालेका थिए।
सञ्जिबलाइ भुईंमा छटपटाएको देखेर उनका दाजु सुरेन्द्र छोडाउन गएका थिए। दाजुलाई समेत करेन्ट लागेपछि बचाइको छोरा शिवकुमार माझी पनि उनीहरुलाई उठाउन गएका थिए । तीनै जनालाई करेन्ट लाग्यो । जसमध्ये सञ्जिबको मृत्यु भयो। घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ। अर्का घाइते माझी सामान्य अवस्थामा रहेका छन्।
शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । पोष्टमार्टम गरेर मृतक परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस