महोत्तरीमा खुकुलो गरी असार १५ सम्म निषेधाज्ञा थप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
महोत्तरीमा खुकुलो गरी असार १५ सम्म निषेधाज्ञा थप

धर्मेन्द्र कुमार यादव– महोत्तरी, असा ७ गते
महोत्तरी जिल्लामा निषेधाज्ञा केही खुकुलो गरी एक साताको लागि थप गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण महोत्तरी जिल्लाको विभिन्न स्थानमा बढ्दै गएकोले असार १५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको छ। सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा जिल्लाभर निषेधाज्ञा थप गरिएको छ । यस अवधिमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे निजी सवारी साधनलाई चलाउन दिने निर्णय भएको हो। त्यस्तै एम्बुलेन्स, शववाहन, खाद्यसामग्री, औषधी, निर्माण सामग्री, मल तथा बिउबिजन बोकेका सवारी साधन, सरकारी नम्बर प्लेट भएको गाडी, झण्डावाहक सवारी साधन, कूटनीतिक नियोग लगायतको सवारी साधनमा कुनै रोक लगाइएको छैन । सार्वजनिक यातायात भने अहिले सञ्चालन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै स्थानीय प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, दुध÷डेरी, ग्यास पसल, कृषिजन्य बिक्री गर्ने पसल, हार्डवेयर पसल, पुस्तक पसल, कपडा पसल, सुनचाँदी, टेलिरिङ, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री पसललाई विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । व्युटी पार्लर, शैलुन, जिमखाना, शैक्षिक संस्था, ट्युसन सेन्टर, मदिराजन्य पसल, पार्टी प्यालेस, स्वीमिङ पुलभने अहिले सञ्चालन गर्न पाइने छैन । विवाह, व्रतबन्ध, न्वारन, मृत्यु संस्कार जस्ता सामाजिक कार्यको हकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी र भौतिक दूरी कायम गरी बढीमा १० जनामा सीमित भई मनाउन दिने निर्णय गरेको बिज्ञयप्ती जारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस