कमिशनको लोभमा कोरोनाको लागि चाहिने भेण्टिलेटर मेसिन खरिद भएन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
कमिशनको लोभमा कोरोनाको लागि चाहिने भेण्टिलेटर मेसिन खरिद भएन

अमरेस कुमार पाण्डेय
कलैया बारा असार ०८
जिल्ला अस्पताल कलैयामा कमिशनको लोभमा अति आवश्यक स्वास्थ्य समाग्रीहरु खरिद नगरिएको तथ्य बाहिर आएको छ ।
अस्पताल प्रशासनले राष्ट्रिय मेडियामा जिल्ला अस्पतालमा कोरोना संक्रमितहरुको लागि चाहिन अति आवश्यक आईसियु भेन्टिलेटर मेसिन दुई थान खरिद गर्न टेण्डर अहवान गरेको थियो ।

टेण्डरको नियम प्रक्रिया अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने पुर्वाञ्चल बायोमेड, विरगंज सर्जिकल, निक्की मेडिसिन सप्लार्यस लगायतका संस्थाहरुले टेण्डर भरेका थिए । टेण्डर भरेकाहरु मध्ये कम रेटमा टेण्डर भरेको कम्पनीलाई स्वीकृत गर्ने प्रवधान रहेको छ ।
करिव ३२ लाखमा विरगज सर्जिकलले टेण्डर भरेपनि उसलाई अहिले लकडाउन छ भनेर पन्छयाउदै अस्पताल मेडिकल सुपरिडेण्टको गृह जिल्लाका कम्पनीलाई टेण्डर स्वीकृत गर्न लगाईयो । सुपरिडेण्टका आफनो आसेपासेको पुर्वाञ्चल बायोमेड कम्पनीलाई ४० लाखमा टेण्डर स्वीकृत गर्न नाम निकालियो ।
पुर्वाञ्चल बायोमेड कम्पनी भन्दा पनि कम दर रेटमा विरगज सर्जिकल टेण्डर भरे पनि स्विकृत नगरिएको एक अर्का सञ्चालकले जानकारी गराएका छन् । सुचना निस्केको १८ दिन भैसक्यो तर पनि सम्झौता नगरिएको उनले बताए ।
नियम अनुसार सुचना निस्केको ७ दिन भित्र आएर सम्झौता गरिसक्नु पर्ने हुन्छ । तर केहि कारणवश स्वीकृत भएको कम्पनी आएन भने टेण्डर अहवान गरेको संस्थाले तीन दिने सुचना पुन निकाल्ने प्रवधान रहेको छ ।
यसरी ७ दिन र ३ दिन गरि निस्केको सुचनामा पनि स्वीकृत कम्पनी नआएको खण्डमा दोश्रो कम रेटमा भरेको कम्पनीलाई सम्झौता गर्ने नियम रहेको छ । तर अस्पताल प्रशासनको मिलिभगतले अर्को कम्पनीलाई नदिदा समयमै स्वास्थ्य समाग्री खरिद गर्न सकिएको छैन ।
अस्पताल प्रशासनका केबिन्द्र यादवसँग बुझदा आईसियु भेण्टिलेटर खरिद गर्न अहवान गरेकोमा पुर्वाञ्चल बायोमेडलाई सम्झौता गरिसकेको बताए । टेण्डर अहवान भएको १८ दिन भईसक्यो सम्झौता कहिले गर्नु भो भन्ने प्रश्नमा कुरा नबङ्गयाउनुस बैक ग्यारेण्टी ल्याएर दिएको छ के सम्झौता भन्न मिल्दैन उनको भनाई रहेको छ ।
कमिशनको लोभमा यस्ता धेरै निकाय छन, जुन गोप्य तरिकाले सुचना निकाली कमिशनमा लिप्त हुने गरेका छन् । कमिशनको लागि यस्ता धेरै निकाय पनि छन, जुन पछिको मितिमा पनि सुचना निकाली पनि काम गर्ने गरेको सर्वविदितै छ ।
पहुच भएकाहरु ठुलठुला अस्पतालमा उपचार गरि निको भएका छन, भने गरिव असाहयहरु अनाहकमा ज्यान गुमाउनु परेको छ । यस्ताका लागि नत स्वास्थ्य कार्यलय नत स्थानिय तहले नै कुनै किसिमको ठोस पहल गरेको पाईन्छ ।
जिल्लामा हाल सम्म उचित व्यवस्था नभएकोले जिल्लाबाट ३३ महिला र ९० पुरुष गरि एक सय ३३ जनाले ज्यान गुमाईसकेका छन् । दिनहु ५० भन्दा बढि संक्रमितहरु हुने गरेको जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कले देखाउछ । भने जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य समाग्रीको अभावले कोरोना संक्रमितहरु पुर्ण रुपमा पर्साको विरगंजमा भर पर्ने गरेका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा गौरव महतोलाई फोन गर्दा कहिले मिटिगमा कहिले फोन नउठाई आफनो अनियमितता ढाकछोप गर्न खोजेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस