कोरोना नियन्त्रणको लागि कोविड(१९ घुम्ती सहयोग केन्द्र शुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
कोरोना नियन्त्रणको लागि कोविड(१९ घुम्ती सहयोग केन्द्र शुरु


राजिव शाह सर्लाही,असार ९ गते
समुदाय स्तरमा कोरोना संक्रमण प्रवेश गरि सकेको परिपेक्षमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि एकीकृत पहल स्वरुप कोविड(१९ घुम्ती सहयोग केन्द्र शुरु गरिएको छ । सर्लाहीको चन्द्रनगर गांउपालिकाबाट शुरु भएको कोविड १९ घुम्ती सहयोग केन्द्रबाट ९ किसिमका सेवा एक साथ प्रदान गरिदैछ । सहयोग केन्द्रबाट स्वास्थ्यकर्मी तथा नर्सद्धारा थरमल गनको प्रयोगले ज्वरो मापन, अक्सिमिटरद्धारा अक्सिजनको मात्रा मापन गर्ने, कोरोना संग मिल्दो जुल्दो अन्य लक्ष्णहरुको सोधपुद्ध गरी आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको छ । सहयोग केन्द्रमा सेवा लिन आउने सबैलाई मास्क प्रयोग गर्न लगाउने, सेनिटाइजर प्रयोग गर्न लगाउने संगै समाजमा वा बाहिर जांदा भौतिक दुरी कायम गर्ने, नियमित मास्कको प्रयोग गर्ने तथा साबुन पानीले हाथ धुने जस्ता स्वास्थ्य संन्देश प्रदान गर्ने कार्य पनि सहयोग केन्द्र मार्फत भई रहेको छ । कोरोना संक्रमणबाट बच्न, कोरोनाको जांच गराउन अभिप्रेरित गर्न, कोरोना संग मिल्दो जुल्दो लक्ष्ण देखा पर्दा के गर्ने र कोरोनाको खोप लगाउन उत्प्रेरित गराउने जस्ता सन्देश भएको मैथिली भाषामा तयार गरीएको अडियो जिगंल मार्फत टोल टोल गल्ली गल्लीमा बैल गाडामा साउन्ड सिस्टम र झांकी सहित मांकिड। गरिएको छ । शंकास्पद व्यक्तिलाई कोरोना भएको नभएको जांच गराउनको समुदाय स्तरमा नै गरिने कोविड(१९ एन्टिजेन टेस्टको सेवा पनि त्यही सहयोग केन्द्र बाट प्रदान गरिएको छ । साथै पिसिआर टेस्ट गराउन जान चाहने वा उपचारको लागि आवश्यकता भएको अति विपन्न परिवारका कोविड(१९ का बिरामीहरुलाई यातायातको सुविधा पनि उपलब्ध गराउने कार्य पनि केन्द्र मार्फत गरिदैछ ।

त्यस्तै, होम आईसोलेसनमा रहेका कोविड १९ पोजिटिभ व्यक्तिहरुलाई ईम्यूनिटी बुस्टर तथा पोषण प्याकेज घरमा गएर प्रदान गरिने र ती कोविड पोजिटिभ व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्य पनि सोही सहयोग केन्द्रबाट गरिदैछ । अश्वगंधा चुर्ण, च्यवनप्राश अवलेह, यष्टिमधु चुर्ण, गुड्चि चिया, त्रिफला चुर्ण, कागती, चनाको सत्तु, ड्राई फ्रुट मिक्स, अण्डा, जिंक टेबलेट र भिटामिन सि टेबलेट समाहित गरिएको इम्यूनिटी बुस्टर तथा पोषण प्याकेज कोविड १९ पोजिटभ व्यक्तिहरुलाई प्रदान गरिदै छ । कोविड १९ विषेशज्ञ चिकित्सकको परामर्श आवश्यकता भएको कोविड १९ पोजिटिभि बिरामीहरुलाई भिडियो कल मार्फत सो सेवा उपलब्ध गराउने कार्य पनि उक्त कोविड(१९ घुम्ती सहयोग केन्द्र मार्फत समाजिक अभियनता एवं भोर संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

दौतरीको सहकार्य तथा भोरको पहलमा मंगलबार देखि शुरु गरिएको कोविड १९ घुम्ती सहयोग केन्द्र सर्लाहीको चन्द्रनगर गांउपालिकाको सात वटै वडाको ३० भन्दा बढी टोलहरुमा अगामी १० दिन सम्म संचालन गरिने संस्थापक अध्यक्ष महतोले बताए । प्यारामेडिक्स, नर्स र प्याथोलोजी सहित चार चना स्वास्थ्यकर्मीको टोली र १० जना भोलेन्टियर सहितको टोलीले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको स्वास्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाउदै घुम्ती सहयोग केन्द्र संचालन भई रहेको जानकारी भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी गराए । चन्द्रनगर गाउँपालिकामा संचालन पश्चात सो सहयोग केन्द्र आवश्यकता अनुरुप र श्रोतको उपलब्धताको आधारमा सर्लाहीको अन्य स्थानीय तहमा एवम अन्य जिल्लाहरुमा पनि संचालन गर्ने योजना रहेको भोरका अध्यक्ष पचुलाल माझीले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस