रौतहटको मौलापुरमा नगर प्रमुखको पक्षमा हजारौ स्थानियले गरे प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
रौतहटको मौलापुरमा नगर प्रमुखको पक्षमा हजारौ स्थानियले गरे प्रदर्शन


उपेन्द्र गोले रौतहट असार ९ गते

रौतहटको मौलापुरमा बुधबार स्थानियद्धारा नगर प्रमुखको पक्षमा प्रदर्शन गरेको छ । हजारौ स्थानियले हसिया हतौडा अंकित झन्डासहित विकास विरोधी मुर्दावाद , मौलापुर नगरपालिका जिन्दावाद , नगर प्रमुख जिन्दावाद , प्रभु साह जिन्दावाद जस्ता चर्को नारासहित नगर परिक्रमा गरेका छन । मौलापुरमा भइरहेको विकासको लहरले विपक्षहरु अत्तालिएर नगर प्रमुख विरुद्ध आरोप लगाउने काम भएको स्थानियले बताएका छन । मंगलबार मौलापुर नगरपालिकाका नगर प्रमुख बिरुद्ध बिरोध प्रर्दशन भएको थियो । मौलापुर नगरपालिकामा ब्यापक अनियमिता भएको भन्दै नेपाली काग्रेस ,माओवादी ,माधव नेपाल समुह र उपेन्द्र यादव समुहले बिरोध प्रर्दशन गरेका थिए । बुधबार प्रदर्शन गरेका स्थानियले भने विकास बिरोधीहरु नगर प्रमुख र प्रभु साह बिरुद्ध उत्रिएको प्रतिक्रिया दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस