ढुवानी व्यवसायीद्धारा हेलम्बु गाउँपालिकालाई ४ लाख ११ हजार सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १२, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
ढुवानी व्यवसायीद्धारा हेलम्बु गाउँपालिकालाई ४ लाख ११ हजार सहयोग

पवन बिरगंज ११ असार
ढुवानी व्यवसायी महासंघ नेपालले बाढी पहिरो पीडित हेलम्बु गाउँपालिकालाई ४ लाख रुपैयाँ भन्दा बढी राहत रकम सहयोग गरेको छ । गाउँपालिकाको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरि राहत रकम हस्तान्तरण गरिएको महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले जनाए । महासंघको टोलीले शुक्रबार हेलम्बुमै पुगेर गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार लाख एघार हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको अध्यक्ष खनालले बताए । ‘महासंघको पहल तथा समन्वयमा आफ्ना स्थानीय संस्थाबाट संकलित राहत रकम हस्तान्तरण गरिएको हो,’ खनालले भने, ‘हामीले हस्तान्तरण गरेको रकम वास्तविक पीडितले मात्र उपभोग गर्नेछन् भन्ने अपेक्षा राखेका छौँ ।’ नेपाल सरकारबाट प्रकृत्ति विपत्ती पीडित जनतालाई छिटो भन्दा छिटो समुचित राहत तथा आवासको व्यवस्थापनको लागि महासंघले अपिल पनि गरेको छ । मनसुनको सुरुवातसँगै असार १ गते त्यस क्षेत्रमा गएको बाढी पहिरोको कारण व्यापक मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा ढुवानी महासंघले दुख समेत गरेको छ । ढुवानी व्यवसायी महासंघ ढुवानी क्षेत्रमा रहेर आम नागरिकको दैनिकीमा प्रयोग हुने अत्यवाश्यक औषधी, खाद्यान्न, अक्सीजन सिलिन्डर, निर्माण सामाग्री लगायत राज्यबाट अनुमति प्राप्त वस्तुहरु ढुवानी गर्ने देशैभरिका ट्रान्सपोर्टहरुको छाता संघठन हो ।

ताजा अपडेट

खोजी गर्नुहोस