गढीमाई नगरपालिकामा माण्डवी संस्था द्वारा स्थानिय निर्वाचन सम्बन्धि ४ दिने प्रशिक्षण सुरू

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र १३, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
गढीमाई नगरपालिकामा माण्डवी संस्था द्वारा स्थानिय निर्वाचन सम्बन्धि ४ दिने प्रशिक्षण सुरू

राैशन चाैधरी । चैत १३ गते । राैतहट ।

रौतहटमा प्रारम्भिक तथा स्थानिय तहको महिला हरूकाे सहभागिता तथा निर्वाचन लक्षित बुट क्याप प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ गमहरिया पर्सा स्थित रहेकाे स्वास्थ्य चाैकीकाे सभा हलमा माण्डवी संस्था द्वारा बुट क्याम्पको आयोजना ४ दिने प्रशिक्षण सुरू भएको हो । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित (बुट क्याम्प )प्रशिक्षण आईतवार देखि गढीमाई नगरपालिकाकाे स्वस्थ्य चाैकीकाे हलमा महिला स्थानीय जनप्रतिनिधिकाे सहभागिता रहेकाे थियाे ।

उक्त प्रशिक्षणमा स्विस विकास सहयोग एस.डि.सी, आइ एफ इ एसको सहयोग सुरु भएको माण्डवी संस्थाका कार्यक्रम अधिकृत रिंकु जयसवालले बताईन् ।
सो प्रशिक्षन ४ दिनसम्म चल्ने र गढीमाई नगरपालिकाको प्रत्येक वडाको २ जना महिलालाई सहभागी गराइ १६ जना महिलाहरुको सहभागिता रहेको जयसवालले बताईन् । यस प्रशिक्षनले महिलाहरु स्थानीय तहमा आफ्नो अधिकार र काम कर्तव्य कसरी प्रतिनिधित्व गर्न सकिन्छ भन्नेबारे आधारभूत कुरा सिकाइ रहेको प्रशिक्षक पुनम ठाकुरले जनकारी गराउनु भयाे । समाजमा सेवा गर्न स्थानीय चुनावमामा भाग लिन इच्छुक भएका तर कहाँबाट सुरु गर्ने भन्ने अनभिज्ञता भएकालाई लक्षित गरेर यो क्याम्पनको आयोजना गरिएको माण्डवी संस्थामा कार्यरत सुरेन्द्र यादवले बताए । कार्यक्रममा माण्डवी संस्थाका कर्मचारी तथा महिला जनप्रतिनिधि लगाएतकाे उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस