
दाङ, १४ फाल्गुन। दाङको पातुखोलामा सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर घर भएका ३९ वर्षीय शेरबहादुर दमाई उर्फ सजक छन् ।
फागुन ५ मा तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सिमानामा पर्ने पातुखोलामा ग्याँस सिलिन्डर विस्फोट गराइएको थियो । सो घटनामा उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले रातोपाटीलाई बताए ।
आरोपीलाई तुलसीपुरको रावत गाउँबाट पक्राउ गरेर बुधबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको डीएसपी बोहराले जानकारी दिए । अदालतले उनलाई अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ ।
