राजपुर नपाका मेयर शेख सकिलले नेपाली कांग्रेस पार्टी परित्याग तथा एमालेमा प्रवेश गर्ने घोषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र २०, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
राजपुर नपाका मेयर शेख सकिलले नेपाली कांग्रेस पार्टी परित्याग तथा एमालेमा प्रवेश गर्ने घोषणा

२०७८ चैत्र २० गते आईतवार

नेपाली कांगेसका नेता एवम् राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल अख्तरले नेपाली कांग्रेस पार्टी परित्याग गरेको तथा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिने भनेपछि कांग्रेसबाट निर्वाचित प्रमुख अख्तरले पार्टी परित्याग गरी नेकपा एमालेबाट चुनाव लड्ने घोषणा गरेका छन् । ब म काण्डको मुख्य योजनाकारको आरोपमा कारागारमा रहेका निवर्तमान प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमका परिवारवाद सोंचको कारण कांग्रेस पार्टी परित्याग गर्ने अवस्थामा पुगेको मेयर अख्तरले बताए ।

बाबु पनि कांग्रेसमा जीवन उत्सर्ग गरेको बताउँदै नगरप्रमुख अख्तरले आफु पनि सांसद आलमको लागि धेरै योगदान गरेको जिकिर गरे । उनले भने आफ्नो पारिवारिक पार्टीको रुपमा सांसद आलमले कांग्रेसलाई लिएकोले राजपुरबाट आगामी दिनमा कांग्रेसलाई ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी समेत दिए । निर्वाचनको समय नजिक आउन लाग्दा विभिन्न पदका आकांक्षीहरुले टिकटको प्रलोभनमा धमाधम पार्टी परिवर्तन गर्ने गरेको देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस