गरुडा नपा वडा नं५ को नेपाली काग्रेसले उम्मेदवारीहरुको नाम गरे सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र २२, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
गरुडा नपा वडा नं५ को नेपाली काग्रेसले उम्मेदवारीहरुको नाम गरे सिफारिस


रमेश कुमार यादब
चैत २१ ,रौतहट
पुर्व निर्देशन अनुसार नेपाली काग्रेसले सोमबार आफ्नो पार्टीको उम्मेदवारहरुको नाम सिफारिस गरेका छन ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं ५ मा वडा एकाई कमिटिको बैठकले स्थानिय तहको चुनावको लागी आफ्नो पार्टी तर्फबाट मेयर ,उपमेयर तथा वडा उम्मेदवारका छनौट तथा उनीहरुको नाम सिफारिस गरेका छन ।घर घर जाऔँ काग्रेस जिताउ अभियान अन्तर्गत बसेको बैठकबाट वडा नं.५ को नेपाली काग्रेसबाट मेयर पदको उम्मेदवारमा राम भरोस प्रसाद यादब ,राम कृष्णा चौधरी र रंगिला देबी जैसवालको नाम सिफारिस गरेको छ भने उपमेयर तर्फबाट स्वर्गीय श्री मनोज कुमार चौधरीको श्रीमती पुनम चौधरी र राम विश्वास प्र. यादवको नाम सिफारिस गरेको बताएका छन ।त्यसतै वडा अध्यक्ष पद उम्मेदवारमा रमेश यादब ,ओम प्रकाश यादव ,सत्यदेव प्रसाद यादव ,जोगेन्द्र साह र सुरेश राय यादवको नाम सर्वसहमतिबाट छनौट गरेको बताए । गत शुक्रबार बसेको बैठक अनुसार नेपाली काँग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीको तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।काँग्रेसले ७७ वटै जिल्ला मार्फत ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गते भित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको थियो । नेपाली काग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र मेयर र उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन दिनु भएको थियो । काँग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ र नगर कार्य समितिबाट सर्वसम्मत भए एक जना, सर्व सम्मत नभए एक पदमा एक महिला सहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस