जिल्ला समन्वय समिति रौतहट कार्यालय प्रमुखमा अमित यादव हाजिर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १७, शुक्रबार (९ महिना अघि)
  • २ पटक पढिएको
जिल्ला समन्वय समिति रौतहट कार्यालय प्रमुखमा अमित यादव हाजिर

कृष्ण तिवारी 
जेठ १६,रौतहट

 रौतहट जिल्ला समन्वय समितिका कार्यालय प्रमुखको जिम्मेवारी उप सचिव अमित यादवले सम्हालेका छन् । जिल्ला समन्वय अधिकारीको रूपमा यादवले शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा हाजिर भइ कार्यभार सम्हालेका हुन् । यादवलाई जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुले भव्य स्वागत गरेका थिए । 

समन्वय समिति कार्यालयको सभाहलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति कार्यालय प्रमुखको जिम्मेवारी पाएका यादवलाई रौतहट जिल्ला समन्वय समिति प्रमुख राम अयोध्या यादव जिल्ला समन्वय समिति उपप्रमुख महेश बैठा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का सबै समन्वय समिति सदस्यसहितका जनप्रतिनिधि र कर्मचारीहरुले टिका, माला र दोसल्ला ओढाएर भव्य स्वागत गरेका थिए । 

स्वागत तथा सम्मान कार्यक्रममा समन्वय समिति प्रमुख राम अयोध्या यादव , उप प्रमुख महेश बैठा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले समन्वय अधिकारी उप सचिव अमित यादवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै उप सचिव यादवले आफू सबै जनप्रतिनिधि,कर्मचारी अन्य सबै पक्षलाई समेटेर मन जित्नेगरी जिल्लाको हितमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस