सोल्टीमा ट्रयाक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २२, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
सोल्टीमा ट्रयाक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

सर्लाही,२१ जेठ। सर्लाहीको बागमती नगरपालिका–८ स्थित सोल्टीमा ट्रयाक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

मंगलबार साँझ करिब ६ः४५ बजे बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त. २८७ नम्बरको ट्रयाक्टरले स्थानीय सागर बिष्टकी छोरी प्रनिषा बिष्टलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्कालै उपचारका लागि दयन्ति अस्पताल नयाँरोड लगिएको थियो। 

तत्काल थप उपचारका लागि उनलाई वीरगञ्जको बयोधा अस्पतालमा लगिएको थियो। उपचारका लागि लगिएको बालिकालाई चिकित्सकले  राति करिब ८ः३० बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनास्थल सोल्टीको अस्थायी प्रहरी चौकीबाट करिब ३ किलोमिटर पश्चिमदक्षिणतर्फ पर्छ। दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक सोही ठाउँका १८ वर्षीय मन्जित रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालिकाको शव वीरगञ्जस्थित बयोधा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस