कटहरिया नगरपालिकामा ५०% अनुदानमा बीउ वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २२, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
कटहरिया नगरपालिकामा ५०% अनुदानमा बीउ वितरण

रौतहट,२१ जेठ । रौतहटको कटहरिया नगरपालिकाले किसानहरुलाई धानको बिउ वितरण गरिएको छ ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालको उपस्थितिमा आज मसिना तथा वास्नादार धान प्रवर्धन कार्यक्रमका बिच किसानहरुलाई ५०% अनुदानमा धानको बिउ वितरण गरिएको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जानाकरी दिएका छन्।

कृषि शाखाको आयोजनामा नगर प्रमुख जैसवालले किसानहरुलाई धानको बिउ वितरण गरिएको जनाएको छ । कृषि उत्पादन वृद्धिको उद्देश्यका साथ किसानहरूलाई बिउ वितरण गरिएको हो ।

नगर प्रमुख जैसवालले दिएको जानकारीका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका २ सय किसानलाई धानको बिउ वितरण गरिएको छ । कृषिप्रति आश्रित किसानहरूको समस्यालाई ध्यानमा राख्दै धानको बिउ वितरण गरिएको हो, यसले किसानलाई सहयोग पुग्ने विश्वास लिएको छु ‘ नगर प्रमुख जैसवालले भने” ।

उक्त कार्यक्रममा नगर प्रमुख उप प्रमुख रिता देवी यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्य स्थानीय भद्रभलादमी बुद्धिजीवी सहित पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस