तीन दिनको लागी लाइसेन्स छपाइ कार्य बन्द

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २२, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
तीन दिनको लागी लाइसेन्स छपाइ कार्य बन्द

काठमाडौं,२१ जेठ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै २७ जेठदेखि २९ जेठसम्म लाइसेन्स छपाइ कार्य बन्द हुने जनाएको छ ।तीन दिन लाइसेन्स छपाइ कार्य बन्द गरेर स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिने विभागको सूचनामा उल्लेख छ ।

‘…यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने हुँदा उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२ । ०२ । २५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस