एबीसी ओभरसिजका सञ्चालक बहुविवाहको आरोपमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २३, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
एबीसी ओभरसिजका सञ्चालक बहुविवाहको आरोपमा पक्राउ

काठमाडौँ,२२ जेठ। बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शमशेर गहतराज छन् ।

उनले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । 

गहतराजविरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् । 

बुधवार साँझ पक्राउ परेका आरोपीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस