बागमती प्रदेशमा मन्त्रालय घटाउन र संसद बैठक बोलाउन नेकपा माओवादीको माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • २ पटक पढिएको
बागमती प्रदेशमा मन्त्रालय घटाउन र संसद बैठक बोलाउन नेकपा माओवादीको माग

काठमाडौं,२३ असोज। नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन माग गरेको छ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलसहितले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै मन्त्रालयको संख्या १४ बाट घटाएर ७ बनाउन माग गरेको हो ।

माओवादीले तत्काल संसदको बैठक बोलाउन र बाढीपहिरोमा परेकालाई तत्काल राहत र क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि पहल गर्न पनि माग गरेको छ ।

प्रदेशका दलहरूबीच सहकार्य र समन्वयका लागि पहल गर्ने, जनताको विश्वास कायम राख्दै सरकार सञ्चालनका चुनौतीहरू समाधान गर्न नीति, दृष्टिकोण र योजनाअनुसार अघि बढ्नुपर्ने सुझाव माओवादीले दिएको छ ।

८ बुँदे माग तथा सुझावसहितको ज्ञापनपत्रमा माओवादीले चालु आर्थिक वर्ष ०८२/०८३ को वार्षिक बजेट पारित गर्नुपूर्व सरकारले प्रदेश सभामा गरेको प्रतिबद्धता अनुसार बजेट कार्यान्वयन गर्न पनि माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस