सर्लाहीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

सर्लाही, २३ असोज। सर्लाहीमा सर्पदंशबाट महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कौडेना गाउँपालिका–२, फूलपरासीका रविन्द्र यादवकी श्रीमती ४२ वर्षीया नयनदेवी यादव रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो गोमन सर्पले उनलाई डसेको थियो। सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए।

झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस