काठमाडौँको कारागारबाट फरार भएका एक कैदी रुपन्देहीमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • २ पटक पढिएको
काठमाडौँको कारागारबाट फरार भएका एक कैदी रुपन्देहीमा पक्राउ

बुटवल, २३ असोज। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार एक कैदी रुपन्देहीमा पक्राउ परेका छन्।

कर्मचारी ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सूर्यपूराबाट खटिएको टोलीले लोनियालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएको हो।

जेनजी आन्दोलनपछि तोडफोड र आगजनीका घटनामा काठमाडौँसहित देशभरका कारागारबाट कैदीबन्दी बाहिरिएका थिए। हालसम्म पनि देशभर करिब ६ हजार कैदीबन्दी फरार अवस्थामा रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस