जेनजी आन्दोलनमा नष्ट भएका सीटीईभीटीका उत्तरपुस्तिकाको पुनः परीक्षा ४ मंसिरमा हुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २४, शुक्रबार (४ महिना अघि)
  • २ पटक पढिएको
जेनजी आन्दोलनमा नष्ट भएका सीटीईभीटीका उत्तरपुस्तिकाको पुनः परीक्षा ४ मंसिरमा हुने

काठमाडौं, २४ असोज। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ ।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ ।

जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए ।

उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस