फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २४, शुक्रबार (४ महिना अघि)
  • २ पटक पढिएको
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं, २४ असोज। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन ।

यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस