नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २४, शुक्रबार (४ महिना अघि)
  • २ पटक पढिएको
नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु

सर्लाही, २४ असोज। सर्लाहीमा नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु भएको छ। जिल्लाको बलरा नगरपालिका – १० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको हो।

प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेको अवस्थामा भेटिएका थिए। परिवारका अनुसार चौधरी बिहीबार बेलुकादेखि बेपत्ता भएका थिए।

सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस