तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा, एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २५, शनिबार (४ महिना अघि)
  • २ पटक पढिएको
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा, एक जनाको मृत्यु

तनहुँ, २५ असोज। जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

राति करिब ११:४५ बजे ग.२६ प.२२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्क बस्ने २८ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि सवार गोरखा शहीदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय बिप्लव गुरुङ गम्भीर घाइते भएका छन् । उनको बायाँ आँखामाथि चोट लाग्नुका साथै शरीरमा भित्री चोटहरू रहेका कारण चितवन मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस