मकवानपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • १  पटक पढिएको
मकवानपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट

काठमाडौं, २६ असोज। मकवानपुरको बकैया गाउँपालिका-५ श्रीपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

शनिवार साँझ करिब साढे ६ बजे मिनेटको समयमा आगलागी हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एक तले घर जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

आगलागी हुँदा घरमा भएको खाद्यान्न, लत्ताकपडा, नगद गरी करिब २६ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ३५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस