नेविसंघले पनि बालेन र सुदनविरुद्ध जाहेरी दियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • २ पटक पढिएको
नेविसंघले पनि बालेन र सुदनविरुद्ध जाहेरी दियो

काठमाडौँ, २६ असोज। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध कानुनी उजुरी दर्ता गर्न माग गरेको छ।

आइतबार काठमाडौं प्रहरी परिसर पुगेका नेविसंघका केन्द्रीय सदस्यहरू मनिष जंग थापा, अशोक सिंह बिष्ट र बिजय शाहले दुवै व्यक्तिविरुद्ध किटानी जाहेरी बुझाएका हुन्। जाहेरी बुझाएपछि नेता बिष्टले २४ घण्टाभित्र उजुरी दर्ता गरी घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

नेविसंघले भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी कार्यालय र नेताहरूको घरमा भएको तोडफोड तथा आगजनीको घटनामा बालेन र सुदनलाई जिम्मेवार ठहर गरेको छ।

जाहेरीमा विद्यार्थीहरूलाई विद्यालय पोसाकमै प्रदर्शनमा पठाएको, सरकारी र निजी सम्पत्तिमा तोडफोड तथा लुटपाट गराउन भूमिका खेलेको र राष्ट्रिय सम्पदामा क्षति पु¥याएको आरोप उल्लेख गरिएको छ।

यसअघि एमाले निकट अनेरास्ववियुले पनि यही घटनामा बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो। तर, प्रहरीले अहिलेसम्म कुनै जाहेरी दर्ता गरेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस