ललितपुर महानगरपालिकाको पोलमा पर्चा टाँस्नेलाई १० हजार जरिवाना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २७, सोमबार (४ महिना अघि)
  • २ पटक पढिएको
ललितपुर महानगरपालिकाको पोलमा पर्चा टाँस्नेलाई १० हजार जरिवाना

काठमाडौं, २७ असोज। ललितपुर महानगरपालिकाले पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको भन्दै एक कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिकाले एग्रो थाई फुड प्राइभेट लिमिटेडलाई आइतबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

सो कम्पनीबाट उत्पादित इनर्जी ड्रिङ्कको विज्ञापनको पर्चा सडक किनारको पोलमा टाँसिएको थियो ।

ललितपुर महानगरपालिकाले जरिबानासहित काटेको रसिदमा ‘अनाधिकृत विज्ञापन’ लेखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस