पशुपति क्षेत्र विकास कोषले विभिन्न ८ प्रकारका रसिद रद्द गर्‍यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २७, सोमबार (४ महिना अघि)
  • २ पटक पढिएको
पशुपति क्षेत्र विकास कोषले विभिन्न ८ प्रकारका रसिद रद्द गर्‍यो

काठमाडौं, २७ असोज। पशुपति क्षेत्र विकास कोषले विभिन्न ८ रसिद रद्द गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका क्रममा हराएका रसिदहरू रद्द गरिएको कोषले जनाएको छ ।

कोषले सूचना जारी गर्दै रद्द गरिएका रसिदको सूची सार्वजनिक गरेको छ । ती रसिदहरू प्रयोगमा आउने छैनन् ।

रद्द गरिएका रसिदहरूमा नगदी, चन्दा, पर्यटक, किरियापुत्री भर्पाई, वनकाली उद्यान प्रवेश, घाट सेवा दाउरा स्लिप, घाट सेवा नगदी रसिद र पूजा आम्दानी रसिद रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस