धनकुटामा ट्रक दुर्घटना हुँदा, २ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २७, सोमबार (४ महिना अघि)
  • २ पटक पढिएको
धनकुटामा ट्रक दुर्घटना हुँदा, २ जना घाइते

धनकुटा, २७ असोज। धनकुटामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका- ९ पाँच गोलाईमा दुर्घटना भएको हो ।

ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूला सशस्ब प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोली र प्रहरीको टोलीले उद्धार गरेको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस