उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी, एक जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २७, सोमबार (४ महिना अघि)
  • २ पटक पढिएको
उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी, एक जना घाइते

काठमाडौं, २७ असोज। उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ ।

इलामबाट काठमाडौं आउँदै गरेको बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए ।

गुडिरहेको कारमा अचानक लागेको आगोबाट कार जलेर पूर्णरूपमा क्षति पुगेको छ भने कारमा सवारी एक बालक सामान्य घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय आरोन सेनचुरी रहेका छन् । आरोनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ ।

आरोन कार चालक इलामको चुलाचुली गाउँपालिका-५ का ४२ वर्षीय प्रेमकुमार सेनचुरीका छोरा हुन् ।

कार चालक प्रेमसहित उनकी श्रीमती २७ वर्षीय अनिता सेन्चुरी र छोरा १४ वर्षीय आयुष सेनचुरी भने सकुशल रहेको डीएसपी दोङले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस