
परासी, २९ असोज। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ बाट करिब ३८ किलोको अजिंगर उद्धार गरिएको छ ।
सीताराम मन्दिर नजिकै स्थानीयले ठूलो अजिंगर देखेपछि सर्प उद्धारकर्ता दुर्गा लामिछानेलाई खबर गरेका थिए ।
अजिंगर १२ फुट लामो छ । नेपालमा लोपोन्मुख र संरक्षित जनावरमा पर्ने भएकाले मध्यवर्ती समूहमार्फत चितवन राष्ट्रिय निकुञ्जलाई उक्त अजिंगर बुझाइएको छ । यो क्षेत्रमा ससाना अजिंगर देखिए पनि आहारा नखाएको समयमा करिब ३८ किलोको अजिंगर भने पहिलोपटक उद्धार गरिएको हो ।
