बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक ३, आईतबार (४ महिना अघि)
  • ३ पटक पढिएको
बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु।

सिमरा, 0२ कार्तिक। बाराको पथलैया-निजगढ सडकखण्डमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका १५ नयाँबस्तीका २० वर्षीय साजन तामाङको मृत्यु भएको हो।अर्का एकको पहिचान खुल्न बाँकी छ ।

पथलैयाबाट पिलुवातर्फ जाँदै गरेको ना ३३प ६८५७ नम्बरको मोटरसाइकल ढुंग्रे पुलमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो ।

घाइते दुबैको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।  

ताजा अपडेट

खोजी गर्नुहोस