नेकपामा प्रवेश: एमालेकी पूर्वसांसद जानकी देवी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १२, बुधबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
नेकपामा प्रवेश: एमालेकी पूर्वसांसद जानकी देवी

काठमाडौं, १३ फाल्गुन। नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।

२ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.-३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन् ।

उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। संसद्‍मा रहँदा उनले समावेशीता, सामाजिक न्याय र अधिकार सुनिश्चितताका विषय उठाउँदै आएकी थिइन्।

एमालेभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली रहेको उनको आरोप छ । सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदा पनि नेतृत्व तहबाट कुनै सुनुवाइ नभएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ ।

विचारभन्दा व्यक्तिको वर्चस्व हाबी हुनु, इमान्दार कार्यकर्ताहरू निरुत्साहित हुनु र संगठनात्मक मूल्य कमजोर बन्दै जानुजस्ता कारणले आफू बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस