चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका व्यक्ति सेनाको हेलिकप्टरमार्फत उद्धार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १६, शुक्रबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका व्यक्ति सेनाको हेलिकप्टरमार्फत उद्धार

 काठमाडौं, १६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।

‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं’ बुढाले अनलाइनखबरसँग भने । उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस