
काठमाडौं, १६ माघ। जनमत पार्टीका केन्द्रीय सदस्य जितकुमार साहसहित ७ जनाले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरूमा केन्द्रीय सदस्य साहसहित जिल्ला सदस्य पवनकुमारी महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामपरीक्षण महतो, मिथिला विहारी नगरपालिका अध्यक्ष दिपेन्द्र कुमार यादव, अञ्जु देवी साह लगायत रहेका छन् ।
पार्टी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा नेतृत्वमाथि नातावाद, कृपावाद र दास प्रथाजस्ता आरोप लगाइएको छ । पार्टीको संगठनात्मक अवस्था खस्किँदै गएको उल्लेख गरिएको उनीहरूले उल्लेख गरेका छन् ।


