ललितपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १६, शुक्रबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
ललितपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं, १६ माघ। ललितपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। गोदावरी न.पा. वडा नं. ०७ देउराली डाँडा बस्ने २३ वर्षीया कोपिला नेपालीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार कोपिलाको शुक्रबार बिहान ६ बजेतिर हत्या भएको हो। हत्या आरोपमा ३० वर्षीय श्रीमान विनोद तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले मापसे गरी श्रीमती कोपिलासँग विवाद गरी चिर्पटले प्रहार गरेका थिए। चिर्पट प्रहारबाट कोपिलाको ज्यान गएपछि श्रीमान विनोद प्रहरी चौकी टीका भैरवमा पुगेर घटनाबारे जानकारी गराएका थिए।

घटनाको अनुसन्धान गर्न डिएसपी शिला थापाको कमाण्डमा टोली खटिएर अनुसन्धान अघि बढाएको छ। शव पोष्टमर्टमको लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस