ठगी मुद्दामा फरार रहेका चौरसिया पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १६, शुक्रबार (३ हप्ता अघि)
  • ८ पटक पढिएको
ठगी मुद्दामा फरार रहेका चौरसिया पक्राउ

पर्सा, १६ माघ। ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका २३ वर्षीय प्रविन चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१५ रामनगर चोकबाट पक्राउ गरेको छ।

पर्सा प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चौरसिया वीरगञ्ज–१६ नगवा टोल बस्ने गरेका थिए र भदौ २३ र २४ गते भएको Gen-Z आन्दोलनको क्रममा केन्द्रीय कारागार नख्खु, काठमाडौंबाट फरार भएका थिए। उनलाई ठगी मुद्दामा ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।

फरार प्रतिवादीको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएर वीरगञ्ज कारागारमा बुझाएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीले यस घटनालाई समयमै नियन्त्रणमा लिएर कानूनको दायरामा ल्याएकोमा नागरिकहरूको सराहना भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस