मधेश प्रदेश सभामा पहिलो पटक बैठक मातृभाषामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १८, आईतबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
मधेश प्रदेश सभामा पहिलो पटक बैठक मातृभाषामा

जनकपुरधाम, १८ माघ। मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठक मातृभाषामा सञ्चालन गरेका छन् ।

नवनिर्वाचित सभामुख यादवले आफ्नो कार्यकालमा पहिलोपटक बसेको प्रदेशसभाको बैठकमा मातृभाषा मैथिली भाषामा शुरुवात गरे । प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि सभामुख यादवले मातृभाषामा सदनमा कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे प्रस्ट धारणा राखे ।

सो सदनको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिए पनि दोस्रो चरणदेखि भने बैठक नेपाली भाषामा सञ्चालन गरिएको थियो । सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा अहिलेसम्म औपचारिक रूपमा नतोकिदा विभिन्न भाषालाई समेट्ने प्रयास गरिएको बताइन्छ ।

प्रदेश सभाको पहिलो बैठकमै भाषाको विषयलाई लिएर भइरहेको विवादलाई साम्य पार्नका लािग पनि मातृभाषामै सदनको विभिन्न कामकारबाहीहरुलाई अघि बढाउनुपर्ने अपरिहार्य रहेको सभामुख यादवको भनाइ छ ।

उनले मातृभाषाको सम्मान र सम्पूर्ण प्रदेशसभा सदस्यलाई सहज हुने वातावरण निर्माण गर्नका लागि पनि मैथिली र नेपालीलगायतका भाषाको प्रयोग गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस