लम्कीचुहामा राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २४, शनिबार (२ हप्ता अघि)
  • २ पटक पढिएको
लम्कीचुहामा राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित

धनगढी, २४ माघ। कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् ।

ट्रकको ठक्करबाट शुक्रबार साइकल यात्रीको मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । ट्रकले ठक्कर दिंदा लम्कीचुहा नगरपालिका–८ का १५ वर्षीय शिरिस भण्डारीको मृत्यु भएको थियो ।

आफन्तहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र ट्रक चालकलाई बारबाहीको माग गर्दै टायर बालेर राजमार्ग अवरुद्ध गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

उनकाअनुसार राजमार्ग अवरुद्ध भएपछि विभिन्न गन्तव्यका सवारीसाधन चल्न सकेका छैनन् । अहिले मृतक पक्ष र स्थानीय प्रशासनबीच छलफल चलिरहेको छ ।

भण्डारीलाई ठक्कर दिने सुपप्र०१००१ख२८५० नम्बरको ट्रकका चालक गोदावरी नगरपालिका–१ का ३९ वर्षीय रामदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस