अमेरिकामा थापाद्वारा परिवारको हत्या, प्रहरी इन्काउन्टरमा आरोपी पनि मरे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन ११, मंगलबार (१४ घण्टा अघि)
  • ४१ पटक पढिएको
अमेरिकामा थापाद्वारा परिवारको हत्या, प्रहरी इन्काउन्टरमा आरोपी पनि मरे

काठमाडौं, १२ फागुन। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हत्या गर्दै ज्वाइँलाई आक्रमण गर्दा प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको छ ।

उदयपुर बेलका नगरपालिकाका ५० वर्षीय छत्रबहादुर थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको हो भने ज्वाइँ घाइते छन् । प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ । घटना फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टको हो ।

घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । प्रहरीले छत्रबहादुरलाई सन्तोषमाथि आक्रमण गरिरहेको बेला पक्राउ गरेको हो ।

प्रहरीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको हो । घाइते सन्तोषको अवस्था गम्भीर छ । परिवारका सदस्य एक वर्षीय शिशु भने सुरक्षित छन् । परिवारको पृष्ठभूमि आपराधिक नभए पनि यो घरभित्रैको यो वीभत्स हत्याकाण्ड देखेर प्रहरी नै अचम्मित भएका छन् ।

प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनालाई प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पनाबाहिरको बीभत्स दृश्य’ भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस